फेक अाईडि कसरी चिन्ने अपनाउनुहाेस ५ तरिका पता लगाउन

on

फेसबुकमा फेक आइडीको समस्या पूरानै हो । यस्ता फेक आइडीहरु निहित स्वार्थका लागि खोलिएका हुन्छन् ।
यस्ता आइडीहरुको निसानामा परेर दु:ख पाउने धेरै छन् ।

राम्री केटीको तस्बिर राखेर केटालाई फसाउने तथा केटीहरुलाई पनि केटाको आइडीबाट जिप्ट्याउने गरेको धेरै सुन्न पाइन्छ ।
यस्ता फेकआइडीहरुले यौन हिंसामात्रै होइन आर्थिक देखि भौतिकरुपमा नोक्सानी पुर्याउनेदेखि जासुसीसम्म गर्छन् ।
त्यसैले त अहिले फेसबुकले फेक आइडीलाई निर्मुल पार्न सेक्युरिटी चेकजाँचलाई कडा बनाउँदै लगेको छ ।
आज हामी फेसबुकमा फेक आइडी चिन्ने सामान्य ५ तरिकाबारे जानकारी दिँदैछौं ।
यी ५ तरिकाले जाँच गर्दा एकाद् बाहेकका फेक आइडी चिनिन्छ ।
१. प्रोफाइल एल्बममा एकमात्रै फोटो भएमा वा प्रोफाइल तस्बिर नै नभएमा ।
२. लामो समयसम्म स्टाटस अपडेट नगरेको पाइएमा । कुनै एक्टिभिटी छैन । यसबाट थाहा हुन्छ कि यो फेक आइडी हो र मात्रै साथी थप्न लागिरहेको छ ।
३. फ्रेण्ड लिष्टमा विपरित लिंगी साथी अत्याधिक बढी भएमा ।
४. युजरले स्कूल, कलेज तथा काम गर्ने अफिसबारे कुनै जानकारी नराखेको भए त्यो फेक आइडी हुनसक्छ ।
५. प्रोफाइल फोटो गुगलमा सर्च गर्नुहोस्, प्राय फेक आइडीमा गुगलबाटै फोटो लिइएको हुन्छ ।

Posted from WordPress for Android

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s